काठमाडौं, १३ चैत । दक्षिण एसियाली मुलुकहरुको संगठन (सार्क) का सदस्य राष्ट्रका स्वास्थ्य अधिकारीहरुले भिडियो कन्फ्रेन्स गरी एउटा साझा स्वास्थ्य डोमेन सञ्चालनमा ल्याउने सहमति गरेका छन् ।
सार्क–कोइन डट ओआरजी नामक सो वेवसाइटमा कोभिड–१९ आपतकालिन स्वास्थ्य उपचारसम्बन्धी अनुभव तथा जानकारी आदानप्रदान गरिनेछ । सो पोर्टललाई १३ अप्रिलसम्म सञ्चालनमा ल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरोनाको संक्रमण दक्षिण एसियाली मुलुकमा समेत फैलिन थालेपछि सार्क संगठनका विभिन्न निकाय तथा पक्षहरुलाई केहि दिनयता सक्रिय पारिएको छ । केहि दिनपहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयोजनमा सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स गरिएको थियो ।
सो कन्फ्रेन्समा कोरोनासँग जुझ्नका लागि साझा कोष स्थापना गर्ने सहमति गरिएको छ भने त्यसमा नेपाल लगायतका मुलुकले आआफ्ना तर्फबाट आर्थिक योगदानको घोषणा गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया