काठमाडौं, १२ साउन । तत्कालीन समाजवादी पार्टीको समानुपातिक तर्फबाट खसआर्य कोटामा प्रतिनिधिसभा सदस्य सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद् भएकी छन् ।
पार्टीको निर्देशनविपरीत कार्य गरेको भन्दै तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट बर्खास्त गरेको थियो ।
निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ ।
सरिता गिरीले निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।
तपाईको प्रतिक्रिया