रौतहट, १८ असार । गौर नगरपालिका–२ महादेवपट्टीस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँसहित सोही स्थान बस्ने २३ वर्षीय अभिनास जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० यू २५३३ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकलका चालक जैसवाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया