जनकपुरधाम, १ साउन । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रा.लि.ले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
सूर्य नेपालका प्रतिनिधिहरुले बिहीबार मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई चेक हस्तान्तरण गरेका छन् ।
प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक, वित्तीय संस्था, विभिन्न व्यापारिक घरानाहरुले समेत राहत जम्मा गराएका छन् । उक्त रकमबाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया