कपिलवस्तु, २१ साउन । केही दिन यता स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लामा समुदायस्तरमा कोरोना छ छैन भनेर जानकारी लिनका लागि समुदायमा गरेको पिसिआर परीक्षणको नतिजामा कोरोना संक्रमण भएका व्याक्तिहरु भेटिएका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । सङ्क्रमित मध्ये १ जना एभरेस्ट बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी, १ जना शिक्षक र २ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा कुल ८०६ जनामा कोरोना देखिएको छ । कुल संक्रमित मध्ये ७ सय ३९ जना भारतबाट, २० जना अन्य मूलकबाट र ४७ जना स्थानीय रहेका छन् ।
कृष्णनगरमा १३३ जनाको नमुना सङ्कलन गरिएको थियो । ती नमुना लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गरिएको थियो । समुदायका कोरोना फैलिएको जाँच गर्नका लागी जिल्लाका ६ पालिकाबाट ३२० नमुना सङ्कलन गरिएको थियो ।
४ स्थानीय तहका ५८ जना सङ्क्रमित उपचारका लागी आइसोलेसन भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
पिसीआर परीक्षण गराएका ५ सय ७ को नतिजा आउन वाकी रहेको छ । यस संगै कपिलवस्तुमा हालसम्म कोरोना संक्रमितको सख्या ८ सय ६ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
तपाईको प्रतिक्रिया