सार्वजनिक निकायहरुमा सूचना व्यवस्थापनको अनुगमन

समाचार

3/19/2020

नेपालगन्ज, ७ चैत । जिल्ला हुलाक कार्यालय बाँकेले जिल्लाका सार्वजनिक निकायहरुमा सूचनाको हकसम्बन्धी ऐन २०६४ का प्रावधानहरुको कार्यान्वयन अवस्थाका बारेमा स्थलगत अनुगमन सुरु गरेको छ ।

यसै क्रममा चैत्र ५ र ६ गते बाँके जिल्लाका खजुरा क्षेत्रमा रहेका क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, कोसेवाली अनुसन्धान कार्यक्रम, बीउ बीजन प्रयोगशाला, कृषि व्यबसाय प्रवद्र्धन तथा तालिम केन्द्र, खजुरा गाउँपालिका, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, ५ नं प्रदेशसशस्त्र प्रहरी गण तथा कोहलपुर क्षेत्रका बैजनाथ गाऊपालिका, कोहलपुर नगरपालिका, नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्र, सिटिइभिटी सम्पर्क कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड कोहलपुर शाखा, गोरखापत्र संस्थान ५ नं प्रदेशस्तरिय कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सूचना अधिकारीको व्यबस्थापन, सूचना प्रवाहको अभिलेखिकरण तथा स्वत प्रकाशन लगाएतका बिषयको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा प्रायजसो कार्यालयहरु सूचना अधिकारी तोकेको भए पनि सबैले देख्ने गरी सूचना अधिकारीको सम्पर्क नम्बर सहितको बोर्ड नराखेको, तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने स्वतः प्रकाशन सार्वजनिक नरेको पाइएकोले सूचना अधिकारी नतोकेका कार्यालयहरुलाई तत्काल सूचना अधिकारी तोक्न, सूचना अधिकारीको सम्पर्क नम्बरसहितको बोर्ड नराखेका कार्यालयहरुलाई बोर्ड राख्न तथा प्रायः सबै कार्यालयहरुलाई नियमानुसार तीन–तीन महिनामा स्वतः प्रकाशन गर्न लिखित सुझाव दिइएको छ ।

अनुगमन टोलीले माथी उल्लेखित कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीसँग संयुक्त छलफल गरी सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयका बारेमा सहजिकरण गरिएको तथा अनुगमनलाई निरन्तरता दिई जिल्लाको एकिकृत प्रतिवेदन राष्ट्रिय सूचना आयोग काठमाडौं पठाइने जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्दप्रसाद पाण्डेले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ