सिरहा, ७ असार । सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राखिएको छ ।
यो सहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । सिरहाका संक्रमितहरु सबै भारतबाट आएकाहरु हु्न् ।
यस्तै सप्तरीमा २ जना पुरुष, महोत्तरीमा २ जना पुरुष, धनुषामा १ महिला सहित ८ जना, सर्लाहीमा १ महिला सहित ९ जना, रौतहटमा १ जना पुरुष र बारामा १ महिला सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तपाईको प्रतिक्रिया