सिरहा, २ चैत । सिरहा नगरपालिका–२२ बङ्गठिया चोकस्थित सडमा स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
घ.१ ख ३५७ नम्बरको स्कुल बसले आइतबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री नरेश कुमार सिंहको २ वर्षीय छोरा पंकज सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
बस नियन्त्रणमा लिई फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया