काठमाडौं, ११ फागुन । पोखराले बढी पर्यटक भित्रिने उत्तर पूर्वी भारतीय सहरबाट थप पाहुना भित्रयाउने उद्देश्य लिएर त्यस क्षेत्रमा प्रबद्र्धनात्मक गतिविधि सुरु गरेको छ ।
उत्तर पूर्वी भारतीय सहरमा प्रबद्र्धनात्मक गतिविधि सञ्चालन गर्दा आगामी दिनमा थप पर्यटक भित्रिने व्यवसायीको अपेक्षा छ । पोखरामा उत्तर पूर्वी भारतीय सहरका पर्यटक बोलाउँदै व्यवसायी अहिले भारतको सिलिगुढी पुगेका छन् ।
पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)को अगुवाइमा पोखरेली व्यवसायीले प्रबद्र्धनात्मक गतिविधि सुरु गरेका हुन् ।
परिषद्ले भारतीय पर्यटक भित्रर्याउनका लागि नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतका उत्तर पूर्वी क्षेत्रमा पर्ने सिलिगुढी, सिक्किम, गान्तोक, दार्जि्जिङका पर्यटकलाई पोखरा भित्रर्याउन चाहेको परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
परिषद्ले त्यस क्षेत्रमा गरेको यो पाँचौ प्रवद्र्धनात्मक अभियान हो । उत्तरपूर्वी भारतीय सहरबाट नेपाल भित्रिने पर्यटकको यकिन तथ्यांक नभएपनि हरेक वर्ष आगमन बढिरहेको व्यवसायीको भनाइ छ ।
चीनमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आगमन सुन्यजस्तै भएर पर्यटन व्यवसाय खस्केको बेला विकल्पमा नयाँ गन्तव्य पहिचान गर्दै पुरानो बजारलाई स्थापित गर्न चाहेको पोखरेलले बताए ।
उत्तर पूर्वी भारतीय सहरमा प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्दा आगामी दिनमा थप पर्यटक भित्रिने व्यवसायीको अपेक्षा छ ।
तपाईको प्रतिक्रिया