सैलुन खोल्ने वातावरण बनाइदिनका लागि नाई श्रमिकद्वारा उपमहानगर प्रमुखलाई ज्ञापनपत्र

समाचार

6/17/2020

बारा, ४ असार । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट नाई श्रमिकहरु सबभन्दा बढी प्रभावित भएका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्ने उद्देश्यका साथ सरकारले गत साल चैत ११ गतेबाट लकडाउन जारी गरेको छ ।

लकाडाउन भएदेखि नै नाईहरुले पूर्णरुपमा बन्द रहेका सैलुनहरु अहिलेसम्म बन्द रहेकाले नाई श्रमिकहरु बढी प्रभावित भएका छन् ।

बन्दाबन्दीको समयमा नाई श्रमिकहरुले राज्यको तर्फबाट अथवा निर्वाचित जनप्रतिनिधिबाट समेत कुनैपनि राहत नपाएका र लकडाउनको कारणले गर्दा घर परिवारको खर्च जुटाउन धौधौ परिरहेको नेपाल नाई संघ नगर समिति बाराले गुनासो गरेको छ ।

दैनिक संचालन गरि बिहान र बेलुकी आफनो गुजारा चलाउने नाईहरुलाई अहिले एक छाक टार्न समस्या भइरहेको बताउँछन् । अहिलेको लकडाउनले गर्दा मर्न न बाँच्न स्थितिमा पुर्याएको छ भने एर्का तिर राहत नपाएर समस्यामा परेका नाईहरुले लकडाउनको अबधिमा कोठा भाडा र पसल भाडा छुटको व्यवस्था हुनु पर्ने लगायतका मागसहित कलैया उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

बैक तथा सहकारी संस्थाबाट लिएको नाई श्रमिकको ऋण ब्याज छुट हुनु पर्ने, सरकारबाट सम्पुर्ण शैलुनमा काम गर्ने श्रमिकहरुलाई अनिबार्य रुपमा मास्क, सेनिटाईजर, पिपीई, ग्लब्स निःशुल्क उपलब्ध गराएर शैलुन खोल्ने वातावरण बनाइदिनु पर्ने, नेपाल नाई संघ नगर कार्य समिति बाराका अध्यक्ष ठगइ ठाकुरले कलैया उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

नगरका अध्यक्ष ठाकुरले मागको सम्बोधन नभए नाई श्रमिकहरु आन्दोलनमा उत्रिने जनकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ