जनकपुरधाम, १० चैत । विश्वभरि नै कोरोना भाइरसले त्राहिमाम मचाएको अवस्थामा यस भाइरसबाट जोगिनका लागि सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशवासीहरुमा अपिल गरेका छन् ।
मुख्यमन्त्री राउतले सोमबार एक अपील जारी गर्दै विश्वभरि नै त्राहिमाम मचाएको कोरोना नियन्त्रणका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको आम प्रदेशवासीहरुलाई सरकारको कदमलाई समर्थन गर्दै सेल्फ क्वारेन्टाइन एक मात्र विकल्प रहेको बताएका हुन् ।
उनले कोरोना रोकथामका लागि प्रदेश सरकारले यसअघि नै सबै जिल्लालाई ५०÷५० लाख रुपैयाँ उपलब्ध गराइसकेको भए पनि त्यो मात्र पर्याप्त नरहेको जनाएका हुन् ।
उनले प्रदेशवासीहरुलाई आ–आफनै घरबाट एक अर्कालाई हौसला प्रदान गर्दै सरकारको कदमलाई समर्थन गर्दै सहयोग गर्न अपील समेत गर्नु भएको हो ।
तपाईको प्रतिक्रिया