सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु, २१ जना घाइते

समाचार

6/1/2020

बाँके, १९ जेठ । राप्ती सोनारी गाउँपालिका–२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा गाडीमा सवार १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सल्यानतर्फ जाँदै गरेको सो गाडी सडकमा बिग्रिएर रोकी राखेको ना.४ ख ९०६४ नम्बरको ट्रकको पछाडी ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ