संविधान संशोधनमा सर्वसहमतिका लागि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

समाचार

5/26/2020

काठमाडौं, १३ जेठ । सरकारले सार्वजनिक गरेको नयाँ नक्साका विषयमा संविधान संशोधनमा सर्वसहमतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

नेपालको नयाँ नक्साअनुसार संविधानमा निशान छाप मिलाउन सरकारले संसदमा संविधान संशोधनको लागि विद्येयक दर्ता गराईसकेको छ ।

त्यसकै लागि सर्वसम्मतीले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेको बुझिएको छ ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ