स्वास्थ्यकर्मी मण्डल दम्पत्तिद्वारा स्वास्थ्य सामग्री सहयोग

समाचार

6/19/2020

राजविराज, ६ असार । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक स्वास्थ्यकर्मी दम्पत्तिले मास्क, सेनिटाइजर र ग्लब्स सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का कार्यालयमा उपलब्ध गराएको छ ।

स्वास्थ्यकर्मी ओम प्रकाश मण्डल र उनकी पत्नी नर्स अस्मीता मण्डलले शुक्रबार उक्त समानहरु आफ्ना गाउँमा वितरण गर्नका लागि उपलब्ध गराइएको हो ।

उनी दुवै जना भरतपुर मेडिकल कलेज शिक्षण अस्पताल चितवनमा अहिले कार्यरत रहेका छन् । एलआइसी नेपालको डेभलपमेन्ट अफिसर समेत रहेका मण्डलले विगतका समयमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् ।

आफ्नो बुवा स्व. हरी शरण मण्डलको सम्झनामा जन्मस्थल लौनियाँवासीलाई केही साम्रगीहरु सहयोग गर्न पाएकोमा खुसीयालीको अनुभूति भइरहेको स्वास्थ्यकर्मी ओम प्रकाश मण्डलले बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संंक्रमणबाट जोगिनका लागि ४ हजार थान मास्क, १० ओटा ह्याण्ड सेनिटाइजर र २ पोकेट हाते पन्जा वडामा दिइएको स्वास्थ्यकर्मी मण्डलले जानकारी दिए ।

आफ्नो समुदायमा सहयोग गरिएको कार्यलाई सोही गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष खगेन्द्र मण्डल र जनप्रतिनिधिहरुले समेत प्रशंसा गरेका थिए ।

यस वडामा दोश्रो चरणमा मास्क वितरण गरिने कार्य प्रत्येक परिवारमा पु¥याउने अध्यक्ष मण्डलले बताए । यसअघि वडा कार्यालयबाट मास्क वितरण गरिएको उनले जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ