पूर्वराजाद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

समाचार

3/3/2020

काठमाडौं, २० फागुन । पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन शाह मार्फत सन्देश पठाएका छन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए । ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ । भारतको दुई साता लामो भ्रमण पुरा गरेर पूर्व राजा ज्ञानेन्द्र आइतबार स्वदेश फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ