काठमाडौं, २३ वैशाख । नेपाली सेनाले सम्झौताबमोजिमको समयमा चीनबाट स्वास्थ्य सामग्री ल्याउन नसक्ने भएको छ । सेनाले चीनबाट कोरोनासम्बन्त्री मेडिकल सामग्री मे ५ तारिखसम्म ल्याइसक्ने सम्झौता गरेको थियो ।
चीनमा मे १ देखि ५ तारिखसम्म सार्वजनिक बिदा भएका कारण ग्वान्जाउ विमानस्थलमा काम गर्न नसकिने भएपछि समयमै सामग्री ल्याउन नसकिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । नेपालमा ढिलोमा मे १३ तारिखसम्ममा स्वास्थ्य सामग्री आइसक्ने उनले जानकारी दिए ।
चीनबाट नक्कली सामान गइरहेको भन्ने भएपछि अप्रिल १० तारिखबाट पूर्ण रूपमा स्वास्थ्य सामग्री गुणस्तरयुक्त छ कि छैन भनेर परीक्षण गरेर मात्र पठाउने भएकोले राम्रो सामान आउनेमा उनले विश्वास व्यक्त गरे ।
उनका अनुसार भन्सारमा सामानको परीक्षण गर्न ७२ घन्टा लाग्छ । चीनबाट अन्य देशमा सामग्री गइरहेकोले पनि केही प्राविधिक कारणले ढिलो हुनसक्छ ।
तपाईको प्रतिक्रिया