सशस्त्र प्रहरीले थाल्यो सीमा क्षेत्रमा गस्ती

समाचार

5/15/2020

काठमाडौं, २ जेठ । सशस्त्र प्रहरीले कालापानी क्षेत्रस्थित नेपाल–भारत सीमा क्षेत्रमा गस्ती थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछि गस्ती थालिएको हो ।

सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बिओपी) को टोलीले बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा गस्ती थालेको हो । सशस्त्रको टोलीले गागास्थित महाकाली नदी किनारमा गस्ती गर्न थालेको हो ।

स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले बिहीबारदेखि गस्ती थालेको छ । बुधबार गागामै बास बसेका गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार प्रा. डा. ईन्द्रजीत राईले महाकाली किनारमा रहेका भारतीय सुरक्षाफौजका टोलीलाई पनि त्यसक्रममा भेट गरेका छन् ।

महाकालीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईसँग भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधिले कुराकानी गरेका हुन् ।

उनको साथमा छाङ्रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि थिए । भारतको अतिक्रमणमा परेको कालापानी क्षेत्रमा गृहमन्त्रालयले सशस्त्र प्रहरीको गुल्म नै राख्ने प्रक्रिया अघि बढाएको छ ।

सरकारले ब्याँस गाउँपालिकाको छाङ्गरुस्थित गागामा बुधबार २५ जना टोलीसहितको बोर्डर आउट पोस्ट राखेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ