रौतहट, २६ चैत । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि रौतहट जिल्लाको भारतसँग जोडिएको ३२ किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ६ वटा नयाँ अस्थायी पोष्टहरु निर्माण गरेको छ ।
रौतहटको गौर नगरपालिकाको वडा नं. १ र २ मा, ईशनाथ नगरपालिकाको वडा नं. ६ र ४ मा, बौधिमाई नगरपालिकाको वडा नंं. ७ र राजदेवी नगरपालिकाको वडा नं. ९ मा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले जानकारी दिएको छ ।
अस्थायी पोष्ट स्थापना गरिएका स्थानहरुमा चौबीसै घण्टा ड्यूटी रहने र सीमामा हुने आवत–जावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्ण्जितले बताए ।
तपाईको प्रतिक्रिया