सांसद अपहरण आरोप लागेका सांसदको चुनौती : आरोप प्रमाणित भए झुण्डिएर मर्ने

समाचार

5/18/2020

काठमाडौं, ५ जेठ । सांसद डा.सुरेन्द्र यादव अपहरणको आरोप लागेकामध्ये नेकपाका सांसद कृष्ण कुमार श्रेष्ठले आरोप प्रमाणित भएर सबैको अगाडि झुण्डिएर मर्न तयार रहेको बताएका छन् ।

सोमबार नीति तथा कार्यक्रमको छलफलमा आफ्नो वक्तव्य दिँदै सांसद श्रेष्ठले संसदका सबैलाई साक्षी राखेर यस्तो चुनौती दिएका छन् ।

उनले भनेका छन्, ‘मलगायत सांसद महेश बस्नेतविरुद्ध लगाएको मुद्दा प्रमाणित भए सबैको अगाडि झुण्डिएर मर्न तयार छु । यदि प्रमाणित भएन भने ममाथि आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

उनले आफूहरुको राजनीतिक चरित्र हत्या गर्नका लागि यस्तो आरोप लगाएको भन्दै आक्रोशित देखिएका थिए ।

साथै, उनले सरकारको नीति तथा कार्यक्रमको खुलेरै प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ