काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी नेपालका सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
जसपा नेपालका शीर्ष नेताहरुसहित डा.यादव पार्टीको तर्फबाट टेकुस्थित प्रहरी परिसरमा लिखित जाहेरी दर्ता गराउन पुगेका थिए ।
घन्टौंसम्म कुराएर पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको जसपाका नेता केशव झाले जनाएका छन् ।
जाहेरी दर्ता गर्न नमानेपछि जसपाका नेता कार्यकर्ताहरु फर्किएका छन् । टेकुका एसएसपीले अर्को उपाय खोज्नुस् भनेर पठाइदिएको नेता झाले जानकारी दिए ।
नेकपाका सांसदद्वय महेश बस्नेत, किशन श्रेष्ठ तथा पूर्वआईजिपी सर्वेन्द खनालले डा.सुरेन्द्र यादवलाई अपहरण गरेर पार्टी फुटाउन काठमाडौं ल्याएको आरोपसहित जाहेरी दर्ता टेकु पुगेका थिए ।
जाहेरी दर्ताका लागि जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महत्तो, शरतसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, केशव झा र डा सुरेन्द्र यादव लगायतका नेताहरु टेकुको प्रहरी परिसर पुगेका थिए ।
तपाईको प्रतिक्रिया