कपिलवस्तु, ९ पुस । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको विरुद्धमा सडक अवरुद्ध गरिएको छ ।
नेपाली कांअभिनेता श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् ।
गत पुष ५ गते आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको सांसद शाहमाथि आरोप लागेको छ । बुधवार मिश्रका समर्थकहरुले चन्द्रौटा–कृष्णनगर सडकखण्डमा सवारी आवतजावतमा रोक लगाएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा बुधवार बिहान ८ बजेदेखि १२ बजेसम्म आमहडताल गरेको राप्रपा जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्लाले बताए ।
सांसद शाह र उनका गाडीका चालक शशिकान्त कास्यपले कोठामा थुनेर कुटेको पीडित पक्षको भनाई रहेको छ । पटक पटक सांसद शाहले मिश्रालाई फोन गरेर बोलाएको कारण मिश्रा सांसद निवास पुगेको पीडित मिश्राले बताएका छन् ।
मिश्राको शरीरमा गम्भीर चोटपटक भएका कारण बहादुरगंजमा रहेको शिवराज अस्पतालबाट बुटवल रिफर गरिएको थियो ।
मिश्रालाई सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले बताउ । घटनालाई राजनीति मोडमा लगेकोले प्रहरीलाई घटना मिलाउन दबाव परेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषिलाई कारवाही गरिने प्रहरी उपरीक्षक जबराले बताए । यता सांसद शाहले भने आफ्नो ड्राइभर र मिश्रा बीच कुटपिट भएको तर आफूले नकुटेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
मिश्राले मदिरा सेवन गरेको कारण ड्राइभरसँग बिवाद भएको सांसद शामले बताए । ‘मैले मिश्रा माथि हातपात तथा कुनै दुव्र्यवहार गरेको छैन, बरु श्याम मिश्राले नै मलाई अपशव्द प्रयोग गरी बेईज्जत गर्न खोजिएको हो’ सांसद शाहको विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया