भारतीय सहयोगका आयोजनामा समीक्षा

समाचार

3/11/2020

काठमाडौं, २८ फागुन । भारतीय सहयोगमा अघि बढेका परियोजनाको कार्य सन्तोषजनक भए पनि यसमा दु्रत गति आवयश्क रहेको निष्कर्ष दुवै मुलुकका अधिकारीहरुले निकालेका छन् ।

नेपालमा भइरहेका कामको प्रगति नियाल्न आएका भारतीय विदेश मन्त्रालयका सहसचिव (नेपाल र भुटान हेर्ने महाशाखाका प्रमुख) पियुष श्रीवास्तवले कामको प्रगतिमा सन्तोष व्यक्त गर्ने स्थान रहेको बताए । उनले प्रशंसा नै पाउन थप सक्रियता आवश्यक रहेको सन्देश दिएर फर्केका छन् । काम अघि बढे पनि थप सक्रियता आवश्यक रहेको विषयमा नेपाली अधिकारी पनि सहमत हुँदै यसमा ध्यान दिने बताए ।

नेपाल हेर्ने डेक्स प्रमुख श्रीवास्तव यहाँको कार्यशैलीमा अभ्यस्त छन् । उनले भारतको पक्षबाट भन्दा पनि नेपाल तर्फबाट हुने ढिलाइबारे गुनासो गरेको एक अधिकारीले बताए । भारतीय सहयोगमा निर्माणधीन परियोजनाहरु ढिलाइ किन भन्नेमा सबैतिर चासो रहने भएकाले यसमा थप सक्रियता आवश्यक रहेको बताएका हुन् ।

यस्तो कार्यको अनुगमन गर्न परराष्ट्र सचिव र भारतका राजदुतको संयन्त्रसमेत रहेकाले त्यसमा रहेर समीक्षा हुँदै कामलाई थप दु्रत गति दिन आवश्यक भएको हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ