काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको कार्यसूचिबाट कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय हटाइएको छ ।
नेपाल–भारत सीमा समस्या समाधानका लागि कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो ।
तर संसद सचिवालयले बैठक सुरु हुनै लाग्दा अन्तिममा आएर कार्यसूचीबाट उक्त विषय हटाएको हो । सत्तारूढ नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरेको थियो । अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहे पनि समय अभावका कारण आजका लागि सारिएको थियो ।
तपाईको प्रतिक्रिया