नेपालगञ्ज, ६ पुस । बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकाको वडा नं. ५ मटैहियामा स्वास्थ्य चौकी निर्माण भएको छ । स्वास्थ्य चौकी निर्माणसँगै प्रसुतिगृहको पनि निर्माण भएपछि अहिले सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
यसअघि सो स्वास्थ्य चौकीमा पुरानो र अव्यवस्थित कोठा, बत्तीको राम्रो सुविधा नभएको तथा स्वास्थ्य उपकरणको समेत अभाव हुँदा स्थानीय महिला सुत्केरी हुन जाँदैनथे ।
अहिले नयाँ प्रसूतिगृहको निर्माण भएर सञ्चालनमा आएपछि ९० प्रतिशत महिला सुत्केरी हुनका लागि स्वास्थ्य चौकीमै आउन थालेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए ।
तपाईको प्रतिक्रिया