सुनसरी, ७ जेठ । सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरमा दलित बस्तीमा वडा कार्यालयले दमन गरेर बाटो विस्तार गरेको गुनासो आएको छ ।
जिल्लाको सविक गौतमपुर गाविसको मुसहर बस्तीमा २५ वटा घर भत्काई दिएको र दमन समेत गरेकाले केही स्थानीय आक्रोषित बनेका छन् ।
हरिनगर गाउँपालिका वडा नम्बर ३ मा बाटो मर्मत गर्ने क्रममा गरिब विपन्न दलितहरुको २५ वटा घर भत्काइएकाले स्थानीयहरुले विरोध गरेका छन् ।
गाउँमा बाटो नाममा गरेको दमनको विरोध भएको छ । यता वडा अध्यक्ष अरविन्द मेहताले सावैजनिक बाटो नै बनाएको र कसैलाई पनि दमन नगरेको प्रतिकृया दिए ।
उता गाउँपालिका अध्यक्ष गफार अंसारी मियाँले समेत घर भत्काउन थालिएको भन्ने सुचना प्राप्त भएको प्रतिकृया दिए । वडाको काम भएकाले सबै कुरा थाहा नभएको तर कसैलाई उठीबास बनाउने काम गर्न नहुने बताए ।
तपाईको प्रतिक्रिया