सर्लाही, १८ चैत । कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध जुध्न सर्लाहीको हरिवन नगरपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलियको कोरोना भारस संक्रमण फैलिन नदिन तथा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले जानकारी दिए । कोषमा मेयर प्रसाइँ र उपमेयर रेनुका पौडेलले ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
त्यसैगरी हरिवन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक÷एक महिनाको पारिश्रमिक र कर्मचारीहरुले एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने मेयर प्रसाइँले जानकारी दिए ।
नगरपालिकाले कोषमा स्वइच्छाले रकम जम्मा गर्न पनि हरिवनवासीलाई आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया