विमानस्थलमा हेल्थ डेस्क स्थापना

समाचार

3/11/2020

विराटनगर, २८ फागुन । विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालमा नछिरोस् भन्ने उद्देश्यले सीमा नाकामा र विमानस्थलहरुमा सतर्कता बढाइएको छ । कोभिङ–१९ विरुद्ध सतर्कताका लागि विराटनगर विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

प्रदेश १ को समाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले यात्रुको स्वास्थ्य जाँच्न डेस्कमा तीन–तीन जनाको दुईटा टोली बनाइएको बताए । हवाईजहाजबाट ओर्लेका यात्रुलाई साबुन पानीले हात धुने व्यवस्था पनि गरिएको छ ।

हात धोएपछि स्वास्थ्यकर्मीले उनीहरुको शरीरको तापक्रम जाँच्छन्, यदि ज्वरो देखिएमा यात्रुलाई फर्म भर्न लगाएर निगरानीमा राख्ने व्यवस्था गरिएको छ । यस्तै डेस्क भद्रपुर विस्मानस्थलमा पनि राखिएको छ ।

प्रदेश सरकारले स्थलमार्गबाट आउने यात्रुका लागि विराटनगरको रानी, झापाको भद्रपुर र काँकरभिट्टा र इलामको पशुपतिनगर नाकामा पनि डेस्क स्थापना गरेको छ । शंकास्पद बिरामी फेला परे असपताल पठाउने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ