कोरोनाको त्रासले होलीमा मसुरिया बजार सुनसान

समाचार

3/11/2020

कैलाली, २८ फागुन । कैलालीको गौरीगंगाको मसुरियामा होलीमा पनि बजार सुनसान देखिएको हो । कोरोनाको त्रासले होलीका दिन पनि मसुरिया सुनसान भएको हो ।

अघिल्लो बर्षमा २ कुईन्टलसम्म खुल्ला र प्याकेटको रंग करिव २०० पोका रंग बिक्री गर्ने मसुरियाका व्यापारीको रंग यस बर्ष ७० किलो खुल्ला र प्याकेटको ७० पोका रंग बिक्री हुन नसकेको व्यापारी लक्ष्मी घिमिरेले बताए ।

कोराना भाईरसको त्रासमा यहाँका मानिसहरु यो पटक भिडभाड गरेर पानी खेलेर होली मनाएनन् । होली खेले र भिडभाडमा जाँदा रोग सर्ने कुराले मानिसहरुले सचेतता अपनाएको देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ