काठमाडौं, २४ असार । मधेशी समुदायको मनोभावनामा चोट पुर्याउने खालका कार्यक्रम प्रस्तुत गर्दै आएको ह्वाट द फ्लप कार्यक्रमविरुद्ध प्रेस काउन्सिल नेपाल र मधेशी आयोगमा उजुरी परेको छ ।
कान्तिपुर टेलिभिजनबाट प्रशासन हुँदै आएको ह्वाट द फ्लप कार्यक्रममा कलाकार सन्दीप क्षेत्रीले अभिनय गरेको पात्रप्रति आपत्ति जनाउँदै सामाजिक अभियन्ता डा.शरदसिंह यादवले उजुरी दिएका हुन् ।
डा.यादवले उजुरीमा कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री, व्यवस्थापक र प्रोड्युसर विशाल घोषलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन् ।
सो कार्यक्रममा प्रस्तोता क्षेत्रीले मधेशी महिलाका बारे अभद्र र अमर्यादित अभिनय गरी सिंगो मधेशी समुदायलाई होच्याउने, अपमानित गर्ने काम गरेको सामाजिक अभियन्ता डा.यादवले आरोप लगाएका छन् ।
ह्वाट द फ्लप कार्यक्रम नै बन्द गरी आइन्दा मधेशी समुदायलाई लक्षित गरी यस्तो अपमानित प्रस्तुती नगर्ने प्रतिबद्धतासहित माफी माग्नुपर्ने माग उनले राखेका छन् ।
दर्ता गरियों ।



तपाईको प्रतिक्रिया