प्रदेश १ मा १० जना संक्रमित थपिए

समाचार

6/8/2020

विराटनगर, २६ जेठ । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ ।


सोमबार सुनसरीमा २ जना पुरुष, मोरङ्गमा २ जना पुरुष, विराटनगरमा १ जना महिला, झापामा २ जना, उदयपुर १ महिला र २ जना पुरुष सहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

विराटनगरमा संक्रमित महिला विराटनगर वडा नम्बर ३ कि भएको बताइएको छ । यो प्रदेशमा हालसम्म ९० जना डिस्चार्ज भएको पनि जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ