११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

समाचार

1/3/2020

रौतहट, १८ पुस । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

साहले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिनगराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ