१२२ चिनियाँलाई देश निकाला गरिने

समाचार

1/5/2020

काठमाडौं, २० पुस । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गर्ने तयारी गरेको छ ।

उनीहरुलाई वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी भएको हो । त्यसका लागि उनीहरुको राहदानी खारेज हुनेछ ।

एक उच्च सुरक्षा अधिकारीले भने,‘‘उनीहरु सबैको राहदानी (पासपोर्ट) खारेज हुनेछ । त्यसपछि उनीहरु अवैध हुनेछन् । अवैध भएपछि देश निकाला गर्ने बाटो खुल्छ र उनीहरुलाई चीन पठाउन सकिन्छ ।’’

चीनकै आग्रहमा उनीहरुलाई देश निकाला गर्न लागिएको सुरक्षा अधिकारी बताउँछन् । पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ ।

प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो । पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको छ । यसअघि ५ दिन र १० दिन म्याद थप गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ