वीरगन्ज, ८ फागुन । सेन्ट जेवियर्स मा.वि. को २०औँ वार्षिकोत्सवको अवसरमा विद्यालयको प्राँगणमा विविध कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
२०औँ वार्षिक उत्सवको अवसर पारी सेन्ट जेवियर्सले रक्तदान आँखा–कान चेकजाँच, मेराथोन दौड, रंगोली र क्वीज कोन्टेस्ट लगायतका कार्यक्रमहरु को आयोजना गरिएको थियो ।
साथै सेन्ट जेवियर्स र बुद्ध फाउण्डेशन कलेजमा अध्ययनरत छात्रछात्राहरुले राष्ट्रिय सेवा दलमा भाग लिन तालिम प्राप्त गरिसकेकाहरुलाई चण्डि प्रसाद गणका सेना प्रमुखले १८ जना छात्र र १८ जना छात्राहरुलाई सम्मानित गरिएको थियो ।
२० औँ वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुमा प्रतिस्पर्धा गरी प्रथम दृतीय र तृतीय भएकाहरुलाई समेत विद्यालयले तग्मा सिल्ड र कदर पत्र दिइ सम्मान गरीएको थियो ।
तपाईको प्रतिक्रिया