रौतहट, २२ जेठ । देवाही गोनाही नगरपालिका–८ गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजासहित चार जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपनगरपालिका–११ थानाभर्याङ बस्ने २७ वर्षीय निरज लामा, कैलास गाउँपालिका–९ कुमलटार बस्ने २८ वर्षीय बिसाल लामा, हेटौंडा उपमहानगरपालिका–१२ पदम पोखरी बस्नेहरु सागर लामा र अंकित लामा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटबाट खटिएको प्रहरीले मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा.६४ प ९३०७ र ना.४५ प ६३९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरु ४ जनाको साथमा ४ वटा झोलामा रहेको उक्त लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया