३०८ परिवारलाई राहत वितरण

समाचार

4/12/2020

वीरगन्ज, ३० चैत । वीरगन्ज महानगरपालिकाले राहत वितरण कार्यलाई तीव्रता दिएको छ ।

नगर प्रमुख विजय कुमार सरावगीको विशेष पहलमा महानगरपालिकाको निर्णयअनुसार सबै वडामा राहत वितरण कार्यलाई प्राथमिकता दिँदै राहत वितरण कार्य अगाडि बढाइएको हो ।

यसैगरी शनिबार दिउँसो महानगरपालिकाको वडा नम्बर २५मा पनि राहत वितरण गरिएको छ ।

वडा अध्यक्ष विश्वराज राउत कुर्मीको विशेष उपस्थितिमा मौजे श्रीसिया र भन्सार टोला श्रीसियामा रहेका ३०८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रत्येक परिवारलाई १५ किलो चामल, डेढ किलो दाल, १ लिटर तेल र नुनको पाकेट सहितका सामग्रीहरु वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

उक्त वडामा रहेको बाँकी २ वटा रोल, ड्राइपोर्ट र खलवाटोल श्रीसियामा आइतबार राहत बितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ