रक्तदान कार्यक्रमबाट ६७ पिन्ट रगत संकलन

समाचार

5/6/2020

विराटनगर, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित श्री जनपथ मा.वि मा मङ्गलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा कुल ६७ जना रक्तदाताहरुबाट रगत संकलन भएको छ ।

लकडाउनका कारण विराटनगरको ब्लड बैङकमा रगतको अभाव सिर्जना भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा विराटनगर महानगर कमिटीको अध्यक्ष सागर थापाले बताए ।

त्यस्तै नेकपा ११ नं. वडा कमिटीकी अध्यक्ष ममता प्रधानले रगतको अभावमा ज्यान गुमाउन बाध्य हुनु नपरोस् भन्ने धारणा व्यक्त गर्दै सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे । नेपाल रेडक्रस सोसाइटी मोरङ्गको प्राविद्यिक सहयोगमा रहेको उक्त कार्यक्रममा युवा तथा प्रौढ उमेर समुहकाले रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ