६ युवतीको उद्धार

समाचार

3/9/2020

काठमाडौं, २६ फागुन । भारतमा ६ नेपाली युवतीको उद्धार गरिएको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने र आकर्षक पारिश्रमिक पाइने प्रलोभन देखाएर उनीहरुलाई भारत लगिएको थियो ।

भारतको उत्तर प्रदेश र बिहार राज्यमा सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने भन्दै उनीहरुलाई नेपालबाट लगेर ‘आर्केस्ट्रा’मा अश्लील नृत्य गर्न लगाएको हो ।

हालै यस्तो धन्दामा संलग्न रहँदै आएका ६ नेपाली युवतीको उद्धार गरिएपछि यो तथ्य उजागर भएको हो ।

उक्त समूहबाटै भाग्न सफल एक जनाले गोरखा सेवा संघका सूरज थापालाई घटनाबारे जानकारी दिएपछि थापाकै समन्वयमा भारतीय प्रहरीले ती युवतीलाई उद्धार गरेको हो । उद्धार गरिएका नेपाली युवतीलाई रक्सौल नाकामा उनीहरुको परिवारजनको जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ