८७ जापानी कम्पनी चीनबाट बाहिरिदै

समाचार

7/26/2020

काठमाडौं, ११ साउन । ८७ जापानी कम्पनीहरु चीनबाट बाहिरिन लागेका छन् । त्यसका लागि ती कम्पनीहरुले जापानको उद्योग मन्त्रालयसँग सम्पर्क गरेका छन् ।

८७ कम्पनीहरुले चीनबाट आफ्नो कारखाना बाहिर सार्नका लागि हस्ताक्षर गरेका छन् । तीमध्ये ५७ कम्पनीहरु जापानमै फिर्ता भइरहेका छन् भने बाँकी ३० कम्पनीहरु एशिया प्रशान्त मूलुक (भियतनाम, थाइल्याण्ड, मलेसिया) तिर सर्ने भएका छन् ।

हार्डड्राइभका पूर्जा बनाउने जापानी कम्पनी होया भियतनाममा आफ्नो कारखाना सार्ने भएको छ । त्यस्तै सुमितोमो रबर कम्पनी मलेसिया सर्ने भएको छ । सिन स्तु केमिकल कम्पनी पनि चीनबाट भियतनाम सर्ने भएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो अबेले ती कम्पनीहरुलाई ६५ करोड अमेरिकी डलर भन्दा बढी सहयोग गर्ने बताएका छन् । चीनबाट अन्य देशमा कारखाना सार्नका लागि कम्पनीहरुलाई जापान सरकारले सहयोग गर्ने भएको हो ।

जापानले २.२ अर्ब अमेरिकी डलर चीनबाट बाहिर सर्ने कम्पनीहरुका लागि छुट्याएको छ । त्यस्तै २ अर्ब अमेरिकी डलर जापानी उत्पादनलाई जापान फिर्ता गर्नका लागि छुट्याएको छ भने २३ अर्ब डलर जापानबाट सामाग्री निर्यात गर्नका लागि छुट्याएको छ ।

महामारीका कारण चिनियाँ अर्थतन्त्रमा पर्ने संकटबाट उम्कन जापानले कठोर कदम चालेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ