प्रदेश २ : थप तीन सांसद लोसपाको पक्षमा गरे सनाखत

समाचार

जनकपुरधाम, २० भाद्र । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

सांसदहरु रानी शर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् ।

तत्कालीन राजपाकी सांसद शर्मा उपेन्द्र यादव समूहमा गएकी थिइन् । लोसपा अध्यक्ष महन्थ ठाकुर उनलाई आफ्नो पार्टीमा सनाखत गराउन सफल भएका छन् ।

यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब लोसपामा १५ सांसद पुगेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ