काठमाडौं, २० भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । विश्व नेताहरुको लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरुलाई पनि उछिनेका छन् ।
मर्निङ कन्सल्टले सेप्टेम्बर २ मा नयाँ सूची सार्वजनिक गरेको हो । प्रत्येक साता यो एजेन्सीले नयाँ सूची सार्वजनिक गर्छ । ७० प्रतिशत अप्रुभल रेटिङसहित मोदी शीर्ष स्थानमा छन् ।
सर्भेअनुसार मोदी अप्रुभल रेटिङमा सबैभन्दा अगाडि रहन सफल भएका हुन । उनको अप्रुभल रेटिङ ७० प्रतिशत रहेको छ ।
जबकि उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र इङल्याण्डका प्रधानमन्त्री बोरिस जोन्सनसहित विश्वका १३ देशका राष्ट्र प्रमुख पछाडि छुटेका छन् । गत २ सेप्टेम्बरमा अपडेट गरिएको सर्भेअनुसार मोदी निकै अगाडि छन् ।
सर्भे अनुसार कोरोनाको दोस्रो लहरका दौरान प्रधानमन्त्री मोदी अलोकप्रिय हुँदै गएका थिए । उनको रेटिङ डिसअप्रुभलतिर थियो ।
त्यतिबेला कोरोनाका कारण अस्पतालमा अक्सिजनको अभावमा बिरामीको धमाधम ज्यान गइरहेको थियो । मोदी नेतृत्वको सरकारले उक्त मुस्किल हालतलाई सम्हाल्यो ।
सन् २०२० को मे महिनामा मोदीको अप्रुभल रेटिङ ८४ प्रतिशत थियो । यस्तो छ अन्य देशका प्रमुखहरुको रेटिङ–
मेक्सिकोका राष्ट्रपति लोपेज आब्राडोर ६४ प्रतिशतसहित दोस्रो तथा इटलीका प्रधानमन्त्री मारियो ड्रागी ६३ प्रतिशतसहित तेस्रो स्थानमा छन् । जर्मन चान्सलर एन्जेला मर्केल ५२ प्रतिशतसहित चौथो नम्बरमा छिन् ।
अमेरिकी राष्ट्रपति बाइडेन भने ४८ प्रतिशतसहित पाँचौं स्थानमा छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन ४८ प्रतिशतसहित छैटौं स्थानमा छन् ।
क्यानडाका जस्टिन ट्रुडो ४५ प्रतिशतसहित सातौं तथा इङल्याण्डका बोरिस जोन्सन ४१ प्रतिशतसहित आठौं स्थानमा छन् ।
ब्रजिलका जेर बोल्सोनैरो ३९ प्रतिशतसहित नवौं, दक्षिण कोरियाका मुन जे–इन ३८ प्रतिशतसहित दशौं, स्पेनका पेड्रो सान्चेज ३५ प्रतिशतसहित ११ औं, फ्रान्सका इमानुएल म्याक्रों ३४ प्रतिशतसहित १२ औं तथा जापानी प्रधानमन्त्री योशिहिदे सुगा २५ प्रतिशतसहित १३ औं स्थानमा रहेका छन् ।
उक्त लोकप्रिय र अलोकप्रिय रेटिङ ७ दिनको मुभिङ एभरेजमा निकालिएको थियो । यो आँकडा तयार गर्नका लागि भारतमा करिब २१२६ अनलाइन अन्तर्वार्ता गरिएको पनि जनाइएको छ ।
तपाईको प्रतिक्रिया