प्रदेश २ मा एमाले थप बलियो भएको छ : रघुविर महासेठ

समाचार

सिरहा, २० भाद्र । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुविर महासेठले प्रदेश २ मा एमाले बलियो अवस्थामा रहेको बताएका छन् ।

एमालेमा मानदार नेताकार्यकर्ता र निर्वाचित पदाधिकारीको उत्साह, उमंग र जनमनले गर्दा पार्टी एक ढिक्का भइ थप बलियो भएको उनले बताए ।

सिराहामा भएको जिल्ला स्तरीय अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा धनुषाको बटेश्वर गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका बताइएको छ ।

पूर्वमन्त्री जुली महतोको प्रमुख आतिथ्यतामा धनुषाको मिथिला नपा –१० लालगढमा पनि अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ