पालिका प्रमुखमा जनमतको पहिलो जीत

समाचार

सप्तरी, ४ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पालिका प्रमुखमा खाता खोलेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमतले जीत हासिल गरेको हो ।

जनमत पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझीले जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार एवं निवर्तमान मेयर शैलेश साहलाई पराजित गरेका हुन् ।

माझीले जसपाका उम्मेदवार साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित भएका छन् भने साहले ६ हजार २४६ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ