जनकपुरधाम, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले मधेश प्रदेशको भ्रमण गरी छठ पर्वमा सहभागी हुने भएकी छिन् ।
मंसिर ४ गते हुने निर्वाचनको क्रममा यो भ्रमणलाई समेत उपयोग गर्ने लक्ष्य रहेको देखिएको छ ।
देउवाको यो कार्यक्रमको आयोजना प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार एवं कांग्रेस नेतृ चन्दा चौधरीले गरेकी हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकी पूर्वमन्त्री समेत रहेकी चौधरीले जनाएअनुसार नेपाली काग्रेस केन्द्रीय समिति सदस्य राणाले आइतबार ११ बजे काठमाडौंबाट विमानबाट जनकपुर पुग्ने कार्यक्रम रहेको छ ।
जनकपुर पुगेपछि कांग्रेसका नेता विमलेन्द्र निधिको निवासमा पुगेर भेटघाट तथा दिवा भोजन गरी साढे १२ बजेतिर होटल सीताशरण पुग्ने कार्यक्रम रहेको छ ।
साढे १२ बजे होटल पुगेपछि २ बजेसम्म आराम गरी २ बजेदेखि ४ बजेसम्म गंगासागर छठ पर्व कार्यक्रममा सरिक भइ व्रतालुहरूसँग भलाकुसारी गरी स्थानीय मिडियाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
साढे ४ बजे फेरि होटल सीताशरण पुग्ने र पाँच बजेदेखि ६ बजेसमम डिआईजी सीडीओ एसएसपी, एसपीसमेत नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ पदाधिकारीहरूसँगको चिया कफी भेटघाटमा नेतृ देउवा सहभागी हुने कार्यक्रम रहेको छ ।
गंगासागरमा आयोजना हुने गंगा आरतीको ६ बजेदेखि ७ बजे सामेल भई होटल सीताशरणमा आयोजित रात्रिभोजमा सहभागी रहने नेतृ चौधरीले जनाएकी छिन् ।
छठ पर्वको प्रातःकालीन पुजाको अवसरमा सोमबार बिहान ५ बजेदेखि ७ बजेसम्म निधिको गृह पालिका नगराइनको छठ पुजामा सामेल भइ त्यहाँ क्षेत्र नम्बर ३ को सभापति श्याम निधिको गृहमा चियाकफी पछि साढे सात बजेतिर होटल सीताशरण फर्किने कार्यक्रम रहेको छ ।
साढे ९ बजे होटलको चियाकफी पछि १० बजे मटिहानी पुगी त्यहाँ रहेको लक्ष्मी नारायण मठ र लक्ष्मी सागरमा नेतृले पुजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।
साढे ११ बजे नेतृ चौधरीको माइतीमा खाजा खाएर १२ बजे होटल सीताशरण फर्किने कार्यक्रम रहेको छ ।
साढे १ बजेको दिवा भोजन पछि ३ बजेसम्म नेपाली कांग्रेस जिल्ला समिति सदस्य, निर्वाचनका उम्मेदवार , स्थानीय नेताहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी रहेन चौधरीले जनाएकी छिन् ।
तपाईको प्रतिक्रिया