मधेश प्रदेशको उपसभामुखमा जनमतकी ईशर निर्वाचित

समाचार

जनकपुरधाम, ४ पुस । मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर निर्वाचित भएकी छन् ।

मंगलबार साँझ प्रदेश सभा बैठकमा भएको मत विभाजन मार्फत ईशर उपसभामुखमा ७२ मतसहित निर्वाचित भएकी हुन् ।

उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित भएका थिए । ईशर समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

ईशरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ