सिरहा । गोलबजारमा श्रावण १२ गते भएको घटनामा शहीद भएका गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न जन अधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादव पीडित परिवारको घरमै पुगेका छन्।
उनले शोकाकुल परिवारजनसँग भेट गरी गहिरो समवेदना व्यक्त गर्दै न्यायका लागि आफ्नो पार्टी सधैं साथमा रहने प्रतिबद्धता जनाएका हुन्।
गोलबजारस्थित निवासमा पुगेर डा. यादवले स्वर्गीय गणेश यादवप्रति श्रद्धाञ्जली दिएका थिए। सो क्रममा उनले परिवारका सदस्यहरूसँग भेटघाट गर्दै घटनाप्रति दुःख व्यक्त गरे र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्ने आश्वासन दिए।
स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्ताहरूको उपस्थितिमा भएको उक्त भेटघाट कार्यक्रममा घटनाबारे थप छलफलसमेत गरिएको थियो।
तपाईको प्रतिक्रिया