सिरहा, ६ माघ । सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानको कृषि मिटरको विद्युत् महसुल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले तिर्ने निर्णय गरेको छ ।
बारा, ६ माघ । करैयामाई पिपरा गोल्ड कपको पाँचौँ संस्करण फागुन पहिलो साताबाट सुरु हुने भएको छ । करैयामाई गाउँपालिका ७ स्थित पछगचिया खेल...
बारा, ६ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर–ईनर्वासिरा सडक दुधौरा नदीमा पुल शिलान्यास गरिएको छ ।
मोरङ, ६ माघ । रतुवामाई नगरपालिका–४ आमबारीबाट १ सय २६ ग्राम १४ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, ६ माघ । हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा, ६ माघ । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका–५ स्थित नेपाल–भारत सिमानाका नजिक मेची पुल पारी अस्थायी प्रहरी बिट स्थापना गरिएको छ ।
काठमाडौं, ६ माघ । उखु किसानहरुलाई सरकारले एकचोटि फेरि ठगेको आरोप लागेको छ । चिनी मिलबाट सम्पूर्ण बक्यौता सरकारले २१ दिनभित्र उपलब्ध गराउने सहमति पूरा गरेन ।
कैलाली, ६ माघ । जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित कुचैनी जंगलबाट एपीएफ टोलीले दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम, ५ माघ । प्रदेश नं. २ को सरकारले मधेश आन्दोलनमा शहादत दिएको शहीदहरुको सम्मान स्वरुप बलिदानी दिवस मनाएको छ ।
काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको संघर्ष सत्य र स्वतन्त्रताका लागि निरन्तर जारी रहने बताएका छन् । ‘जहिले पनि विजय सत्य हुन्छ, हिंसाको होइन’, उनले भने ।
काठमाडौं, ५ माघ । पछिल्लो केही दिनदेखि तराईमा बढेको शीतलहरका कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि विद्यालयहरु धमाधम बन्द हुन थालेको छ ।
काठमाडौं, ५ माघ । कोभिड–१९ को खोप आपतकालीन प्रयोगका लागि अनुमति पाएको भारत बायोटेकले नेपालमा क्लिनिकल परीक्षणको तयारी भइरहेको बताएको छ ।
काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निष्पक्ष निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
काठमाडौं, ५ माघ । काश्मीरमा कोभिड–१९ परीक्षण सुविधा वृद्धि गर्न जम्मु काश्मीर प्रशासनले हालै अनन्तनागको सरकारी मेडिकल कलेजमा नयाँ आणविक जीव विज्ञान प्रयोगशालाको उद्घाटन गरेको छ ।
काठमाडौं, ५ माघ । कोभिड–१९ को खोप आपतकालीन प्रयोगका लागि अनुमति पाएको भारत बायोटेकले नेपालमा क्लिनिकल परीक्षणको तयारी भइरहेको बताएको छ ।
नयाँ दिल्ली, ५ माघ । भारतले नेपालसहित मित्र देशहरुलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने भएको छ । उसले भ्याक्सिनको प्राथमिकतामा नेपाललाई पनि राखेको छ ।
काठमाडौं, ५ माघ । नेपालको इसेवा तथा फोनपेका मातृसंस्था एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आफ्नो सुरुवाती यात्राका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुनाएका छन् ।
काठमाडौं, ५ माघ । चलचित्र विकास बोर्डले प्रदेश २ मा चलचित्र छायाङ्कनस्थल निमार्णको सम्भाव्यता अध्ययन गर्न सात सदस्यीय समिति गर्न गठन गरेको छ ।
काठमाडौं, ५ माघ । पहिलो मधेश आन्दोलन भएको माघ ५ गते १४ वर्ष पूरा भएको छ । यस अवधिका मधेश आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर उपलब्धि जनताले महसुस गर्न पाएनन् ।
काठमाडौं, ५ माघ । शहरी विकासमन्त्री प्रभु साहले मन्त्रालय मातहतका निकायहरुबाट सम्पूर्ण आयोजनाहरुको विस्तृत विवरण माग गरेका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै सम्पूर्ण आयोजनाहरुको विस्तृत विवरण माग गरेका हुन् ।
काठमाडौं, ५ माघ । मुसहरको पीडामा धुर्मुस–सुन्तलीले मलम लगाए, धुर्मुस–सुन्तलीको अभियानमा मुसहरले साथ दिउँ भन्ने नारासहित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा मुसहर समुदायबाट सहयोग सङ्कलन अभियान शुरु भएको छ ।
जनकपुरधाम, ४ माघ । संघीय सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले आग्रह गरेका छन् ।
रुपन्देही, ४ माघ । सैनामैना नगरपालिका–११ शितलापुरडाँडास्थित सडकमा लु.१ह १५१० नम्बरको अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, ४ माघ । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बताएका छन् ।