काठमाडौं, १० माघ । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको १९औं पुण्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र स्थापना गरिएको छ ।
काठमाडौं, १० माघ । मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको नाममा दर्जनौं संघसंस्थाहरु खुलेका छन् । मधेशवाणीले गरेको अनुसन्धानबाट गज्जुबाबुको नाममा खोलिएका ८ वटा संस्था फेला परेका छन् । तर, अझ पनि जिल्लास्तरमा संस्थाहरु खोलिएका छन् ।
काठमाडौं, १० माघ । मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको आज १९औं स्मृति दिवस । नेपाल सद्भावना पार्टी स्थापना गरेका उनले आफ्नो पार्टीको प्रमुख एजेन्डाको रूपमा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सघीयतालाई अघि सारेका थिए ।
काठमाडौं, ९ माघ । वार्षिक दुई खर्ब ५० अर्बको कारोबारलाई नियमन गर्न पेट्रोलियम पदार्थसम्बन्धी सामान्यदेखि उच्च तहको तालिम लिन भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
नेपालगन्ज, ९ माघ । नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगन्ज नाकामा आईसिपी(एकिकृत भन्सार जाँच चौकी) निर्माणको काम सुरु भएको छ ।
जनकपुर, ९ माघ । कामाख्या परिवार नेपालको तत्वावधानमा आध्यात्मिक चेतनाको आलोकमा नेपाल र भारत सम्बन्ध विषयमा एक दिवसीय परामर्श गोष्ठी जनकपुरधामा आयोजना गरिएको छ । गोष्ठीमा नेपाल र भारतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।
जनकपुरधाम, ९ माघ । जनकपुर–जयनगर रेल्वे यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा सुरु हुने बताए ।
मोरङ, ९ माघ । बुढीगंगा गाउँपालिका–४ बाट १ थान अटोमेटिक पोस्तोल, केएफ ७.६५ लेखिएको ३ राउण्ड गोली, ५ थान मोबाइल र ५ थान सिमकार्ड सहित संखुवासभा मादी नगरपालिका–४ ओखरबोटे बस्ने ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले औपनिवेशिक चिन्तन अन्त्य भए मात्र मुलुकमा स्थायित्व हुने बताएका छन् ।
कपिलवस्तु, ८ माघ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ स्थित लिङ्क गेटबाट एपीएफ टोलीले ५ लाख ३४ हजार ५ सय ७५ भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरको छ ।
मोरङ, ८ माघ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित हुलास चोकबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, ८ माघ प्रधानमन्त्री केपी ओलीले संकटको अवस्थामा भारत सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गरेका छन् ।
काठमाडौं, ८ माघ । सरकारले तय समय भित्र बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ ।
रौतहट, ८ माघ । नेपाली कांग्रेसले बिहीबार रौतहटका १५७ वटै वडामा विरोध प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार रौतहट जिल्लाभरनै सो पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
जनकपुरधाम, ८ माघ । सर्लाहीमा बिहीबार बस अनियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । अरु १७ जना घाइते भएका छन् ।
काठमाडौं, ८ माघ । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
महोत्तरी, ७ माघ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ ।
सप्तरी, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले आक्रोश पोखेका छन् ।
काठमाडौँ, ७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन् ।
जनकपुरधाम, ७ माघ । चुरे संरक्षण अभियानले मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गरेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियानले...
काठमाडौं, ७ माघ । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ ।
काठमाडौं, ७ माघ । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज देशभर प्रदर्शन तथा विरोधसभाहरु गर्दैछ ।
काठमाडौं, ७ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको रक्षाका लागि संयुक्त संघर्षमा आउन अपिल गरेका छन् ।
रौतहट, ७ फागुन । रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले श्रोत नखुलेको दुई लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।