काठमाडौं, ७ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको रक्षाका लागि संयुक्त संघर्षमा आउन अपिल गरेका छन् ।
डा.भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै संविधान बचे कमी सुधार्न सकिने र खराब नेतालाई बदल्न सकिने बताउँदे संघर्षका निम्ति आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘सौताका रिसले पोइका काखमा मु.. भने झैं नगरौं ! ओली जस्तै अरू नेतानिम्ति संघर्ष किन गर्ने भन्ने गल्ती नगरौं !’
उनले ट्रयाक बाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउने कुरा प्रधान रहेको उल्लेख गर्दै संविधान बचे कमी सुधार्न सकिन्छ, खराब नेता बदल्न सकिन्छ भनेका छन् ।
उनले अघि भनेका छन्, ‘सबै दल, नागरिक समाजको संयुक्त संघर्ष निम्ति ढिलो नगरौं !’
तपाईको प्रतिक्रिया