काठमाडौं, १० माघ । मधेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको आज १९औं स्मृति दिवस । नेपाल सद्भावना पार्टी स्थापना गरेका उनले आफ्नो पार्टीको प्रमुख एजेन्डाको रूपमा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सघीयतालाई अघि सारेका थिए ।
उनी बाँचुञ्जेलसम्म उपरोक्त राजनीतिक मुद्दाहरूले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन ।
सिंहको त्याग इमानदारी एवम् विचारलाई ओझेलमा पारेर मधेशी दलहरुले आआफ्नो रोटी सेक्ने असफल प्रयास गर्दैछन् ।
राजनीतिमा परिवारवादका उनी घोर विरोधी थिए । उनी बाँचुन्जेलसम्म नेपालको राजनीतिमा मधेशवाद शब्दको जन्म भएको थिएन ।
तर नवमधेशवादीहरू आफूलाई मधेशवादको अभियन्ता त बताउँछन् तर तिनको पार्टीको नामबाट सद्भावना र तराई मधेशजस्ता शब्दहरू विलुप्त भइसकेका छन् ।
शब्दचित्रमा सिंह
गजेन्द्र नारायण सिंहको वि.स. १९८६ सालमा सप्तरीको कोईलाडी गाविसमा भएको हो । भगवान रामको जन्म दिनमै बुबा स्व. के.सी.सिंह र आमा स्व.राधादेवीको कोखिबाट जन्मेका गजेन्द्र बाबु मरेर पनि अमर रहेका छन् ।
भारतको बनारसबाट आईए उतिर्ण गरेका सिंह २००७ सालदेखि नेपाली काग्रेसमा आवद्ध भई राजनितिक क्षेत्रमा प्रवेश गरे । उनी २०३३ सालसम्म नेपाली काग्रेसका सक्रिय भएर लागेका थिए ।
२००७ साल जेठ १९ गते १८ वर्षकै उमेरमा सिंह जेल चलान भएको तथा ७ वर्ष सम्म जेलमै जीवन उनले बिताए ।
२०१८ सालदेखि २०२९ साल सम्म भारतमा प्रवासी जीवन बिताएका उनी २०३४ सालमा पूर्वाञ्चल संयोजक भएका थिए ।
२०३६ सालको जन्मत संग्रहमा निर्दल विरूद्ध संघर्ष गरेका उनी २०४० सालमा नेपाल सद्भावना परिषद गठन गरेका थिए ।
परिषदका संयोजक आफै रहेका सिंह २०४३ सालमा राष्ट्रिय परिषदको चुनाव जिति प्रतिनिधि सभामा भाग समेत लिएका थिए । त्यस पश्चात उनी २०४७ सालमा नेपाल सदभावना पार्टी गठन गरि २०५३ साल सम्म पार्टीको अध्यक्ष पदको जिम्मेबारी सम्हालेका थिए ।
२०४८ सालदेखि २०५३ सालसम्म सप्तरी संसदीय क्षेत्र नंं. २ बाट प्रतिनिधि सभामा विजयी भएका उनी २०५२ साल भदौ महिना पछिको संयुक्त सरकारको गठन पछि निरन्तर रूपमा मन्त्री बने ।
उनी विभिनन समयमा आपूर्ति, स्थानीय विकास, उद्योग, विज्ञान तथा प्राविधि मन्त्री भए । उच्च रक्तचापका कारण २०५८ माघ १० गते उनको निधन भयो ।
तपाईको प्रतिक्रिया