प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद

समाचार

1/21/2021

काठमाडौं, ८ माघ प्रधानमन्त्री केपी ओलीले संकटको अवस्थामा भारत सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गरेका छन् ।

ओलीले बिहीबार आफ्नो अफिसियल ट्वीटर ह्यान्डलबाट भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै लेखेका छन्, ‘कोरोनाविरुद्धको खोप सहयोगका रुपमा उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी र भारत सरकार र भारतीय जनतालाई म धन्यवाद दिन चाहान्छु ।’

ओलीले संकटका बेलामा छिमेकीबाट भएको यो सहयोग प्रशंसनीय रहेको बताएका छन् ।

भारतले १० लाख डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको हो । बिहीबार बिहान एयर इन्डियामार्फत कोरोनाविरुद्धको खोप काठमाडौँ ल्याइएको हो ।

बिहीबार दिउँसो नै भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ